बिहीबार, वैशाख १३, २०८१

कालिमाटी फलफुल तथा तरकारी बजारमा प्रभु बैंकले खोल्यो एक्स्टेन्सन काउण्टर

नेपालखोज २०७७ पुष २४ गते १६:३३

काठमाडौं । प्रभु बैंकले काठमाण्डौको कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले उक्त एक्स्टेन्सन काउण्टरको समुदघाटन गरेका हुन ।

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलपूmल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

आजदेखि सञ्चालनमा आएको बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलपूmल व्यवसायीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी प्रत्यक्ष रुपले लाभान्वित हुनेछन ।

प्रतिक्रिया