नेपालमा दुई लाख ५७ हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त
नेपालखोज
२०७७ पुष २४ गते १७:०१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २१ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय नौ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया