बिहीबार, माघ १०, २०८१

नेविसङ्घद्वारा संसद् विघटनको विरोध

नेपालखोज २०७७ पुष २४ गते १९:२९

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरेको छ । नेविसङ्घका नेता तथा कार्यकर्ता आज माइतीघरदेखि वानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

Advertisement

कार्यक्रममा नेवि सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले संसद् विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए। “झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गर्‍यो,” उनले भने । सङ्घका महामन्त्री दीपक भट्टराईले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरेको बताए ।

प्रतिक्रिया