शुक्रबार, वैशाख १४, २०८१

सूचना तथा सञ्चार प्रविधिमा पहुँचयोग्य तुल्याउन नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै : खतिवडा

नेपालखोज २०७७ वैशाख २१ गते १३:३७

काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री डा खतिवडाले सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने तथा यसको उपयोगकर्ता सबैलाई बधाई दिए ।

सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउ न सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको स्पष्ट पार्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खतिवडाले यस क्षेत्रमा रहेका नीतिगत झन्झट र कानूनी समस्या समाधान गर्न तथा पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग रोक्नका लागि नयाँ ऐन तथा कानूनसमेत निर्माण भइरहेको बताए ।

सुशासनको मेरुदण्डका रुपमा रहेको पारदर्शितालाई पूर्णरुपमा कार्यान्वयन गर्न तथा भ्रष्टाचारमुक्त र चुस्त प्रशासनमार्फत छिटो छरितो एवं लागत प्रभावी सेवा प्रवाह गर्नका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग प्रभावकारी माध्यमका रुपमा स्थापित भएको उल्लेख गरे्।

प्रतिक्रिया