बुन्डेसलिगामा बायर्न पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिगलिडर बायर्न पराजित भएको छ ।
मोन्छेनग्लाडबाखको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम बायर्नलाई ३–२ गोलले परजित गरेको हो ।
ग्लाडबाखको जितका लागि जोनस होफ्म्यानले दुई गोल गरे भने फ्लोरियन नेउहासले एक गोल गरे। यता बायर्नका लागि रोबर्ट लेवान्डोस्की र लियोन गोरेट्जाले समान १–१ गोल गरे ।
२० औं मिनेटमै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पाहुना टिमले अग्रता बनाएको थियो । त्यस्तै २६ औं मिनेटमा गोरेट्जाले गोल गरेपछि बायर्नले अग्रता दोब्बर बनायो ।
तर घरेलु टिमका जोनस होफ्म्यानले ३५ औं र ४५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै खेल बराबरी भयो ।
तर दोस्रो हाफको ४९ औं मिनेटमा ग्लाडबाखले अग्रता बनाएपछि भने बायर्नले गोल थप्न सके । ग्लाडबाखका फ्लोरियन नेउहाउसले खेलमा निर्णायक गोल गरेका थिए ।
जितसँगै सातौं स्थानमा कामय छ भने बायर्न शर्षस्थानमा कायम छ । ३३ अंक बनाएको बायर्नभन्दा ग्लाडबाख नौ अंकले पछि छ ।
प्रतिक्रिया