सुन चाँदीको मूल्य घट्यो

नेपालखोज २०७८ वैशाख २२ गते ११:३६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य भने प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया