जहाँ सकिन्छ त्यहाँसम्म प्रचण्ड-नेपालको धज्जी उडाउन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।” प्रचण्डले पहिले सूर्य चिह्न छाडेको र अहिले किन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशप्रति पनि आक्रोश व्यक्त गरेका छन् । “न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,” उनको प्रश्न थियो, “एकजना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन् । के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?”
त्यस्तै ओलीले ‘महान जनयुद्ध’ फर्सीजस्तै कुहिएको बताएका छन् । “केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !,” उनले भने, “यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।”
प्रतिक्रिया