आयकर विवरण बुझाउने म्याद थप गर्न परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुुन् ।
विगतका बर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समय सिमा भित्रनै गरिरहेको तर्फ औल्याउँदै आर्थिक वर्ष ०७६र०७७ देखि नै कोभिडको कारणबाट उद्योग व्यवसायहरु प्रभावित भएकोले आयकर विवरण बुझाउने तथा कम्पनीअ द्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए ।
कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको परिप्रेक्ष्यमा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षण कार्य समेत संपन्न गरि नसकेको अवस्थालाई मध्यनजगर गरी आगाी चैत्र मसान्तसम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने उनको धारणा रहेको छ ।
कतिपय उद्योग एवं व्यवसायमा समयमानै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवा नतिर्नु पर्ने भएकोले सरकारले समयमा नै म्याद थप गरी समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन् ।
कोभिडको प्रभावबाट प्रभावित व्यवसायीहरुले समय थप भएसँगै सहजरुपमा आयकर विवरण बुझाउन तथा कम्पनी अद्यावधिक गरी सरकारको राजश्व संकलनको लक्ष्यमा सघाउ पुर्याउन परिसंघ प्रतिवद्ध रहेको बताए ।
विद्यमान आयकर ऐनमा भएको व्यवस्था अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भए अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ ।
प्रतिक्रिया