पार्टीभित्रकै नेताले संसद् विघटन गर्न बाध्य पारे : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताएका छन्।
पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् विघटन गर्नुपरेको बताए । प्रचण्ड–नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी भएको आरोप लगाउँदै गुरुङले मुलुक यो परिस्थितिमा ल्याउनमा दुई जनाको मुख्य भूमिका रहेको बताए।
देश, सरकार र राष्ट्रियताविरोधी क्रियाकलाप भएको भन्दै उनले कुर्चीमोहले नेकपा विभाजनको सङ्घारमा पुगेको बताए । मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैँ अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद् भङ्ग गर्ने अवस्था आएको बताए । उनले मुलुकको सिमाना मिचिँदा आवाज उठाउने र गुमेको जमिन फिर्ता ल्याउने पक्षमा लाग्न आग्रह गरे ।
उनले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्नसमेत नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।
प्रतिक्रिया