मंगलबार, चैत ११, २०८१

विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघ्‍यो

नेपालखोज २०७७ पुष २६ गते ८:१४

एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुनेको संख्या ९ करोड नाघेको छ । पछिल्लाे २४ घण्टामा ७ लाख भन्दाबढी संक्रमित थपिएसँगै विश्वरमा संक्रमण पुष्टि हुनेको संख्या ९ करोड ५४ हजार पुगेको वल्डोमिटरले जनाएको छ ।

Advertisement

संक्रमितमध्ये ६ करोड ४४ लाख ५० हजार निको भएका छन् भने १९ लाख ३३ हजारको मृत्यु भएको छ । हाल २ करोड ३६ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

अहिलेसम्म सबैभन्दा अमेरिकामा २ करोड २६ लाखमा कोरोना पुष्टि हुँदा १ करोड ३३ लाख निको भएका छन् ।

प्रतिक्रिया