बुधबार, माघ २, २०८१

स्यालसँग शेरले धोका खाने दिन गए : माधव नेपाल

नेपालखोज २०७७ पुष २६ गते १३:१८

जनकपुरधाम । प्रचण्ड-नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा दिदैँ स्यालसँग शेरले धोका खाने दिन गएको बताएका छन् ।

Advertisement

प्रचण्ड-नेपाल समूहले आइतबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले शेर र स्यालको कहानीजस्तै प्रधानमन्त्री ओलीले आफूलाई बाठो स्याल ठानेको बताए ।

नेता नेपालले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गिरिजाप्रसाद कोइराला र आफूलाई छुट्टै प्रलोभन देखाएर निरंकुश शासन व्यवस्था टिकाउ खोजेको स्मरण गर्दै उनले भने, ‘तर, स्यालसँग शेरले धोका खाने दिन गए ।’

ओलीले चालेका प्रतिगामी कदमविरुद्ध आन्दोलनको आँधीबहेरी ल्याएर मदन भण्डारी फाउन्डेसन गुटलाई सफाया गर्नुपर्ने उनले बताए । ‘प्रचण्ड, वामदेव गौतम र मलाईलाई अलग्याउन प्रधानमन्त्री ओलीले पटक–पटक झुटो आश्वासन र प्रलोभन देखाए,’ उनले भने, ‘तर, तीनैजना एक ठाउँमा बसेर कुरा गरेपछि मात्रै ओलीको व्यवहारको भण्डाफोर भयो ।’

प्रतिक्रिया