आइतबार, जेठ ६, २०८१

आईसीसी एकदिवसीय विश्वकप : श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिकै

नेपालखोज २०८० कार्तिक २३ गते २०:५०

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध न्युजिल्याण्डले ५ विकेटको जित निकालेको छ । न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो ।

समूह चरणको अन्तिम खेलमा ५ विकेटको जित निकाल्दै न्युजिल्याण्ड शीर्ष चारमा रहेको छ भने श्रीलंका पुछारबाट दोस्रो स्थानमा रहेको छ । आजको जितसँगै न्युजिल्याण्डको १० अंक भएको छ ।

न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे र यो पूर्ण रूपमा सही साबित भयो । दोस्रो ओभरमा ३ रनको स्कोरमा पथुम निसाङ्का २ रन मात्र बनाएर आउट भए ।

त्यसपछि तेस्रो ओभरमा ट्रेन्ट बोल्टले कप्तान कुसल मेन्डिस (६) र सादिरा समाराविक्रमा (१)लाई पनि प्याभिलियन पठाए । नवौं ओभरमा ७० रनको स्कोरमा चरित असालान्का पनि ८ रन मात्र बनाएर आउट भएको थियो ।

प्रतिक्रिया