सुरु भयो अन्तर्राष्ट्रिय शक्ति संघर्ष
एजेन्सी । इरानको सरकारी सेनाले दक्षिण कोरियाको एक पानीजहाज नियन्त्रणमा लिएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय शक्ति संघर्ष पुनः सुरु भएको जानकारी बाहिरिएको छ ।
इरानको रिभोलुसनरी गाड्र्सले दक्षिण कोरियाको एउटा ट्यांकरलाई कब्जामा लिएको समाचार सार्वजनिक गरेको समाचार इरानको समाचार एजेन्सीमार्फत् बाहिरिएको छ । चालक दलका २० सदस्यसहित ट्याङ्कर पक्राउ गरिएको इरानले जनाएको छ ।
कोरियाली बैंकले इरानको ७ अर्ब डलर अमेरिकी प्रतिबन्धका कारण फ्रिज गरेपछि सो घटना बाहिरिएको हो । सो विषयलाई लिएर इरान र दक्षिण कोरियाबीच तनाव बढ्दै गएको छ । साउथ कोरिया अमेरिकाको मित्रराष्ट्र हो भने इरान शत्रु राष्ट्र हो । अमेरिकाको निर्देशनमा इरानलाई दक्षिण कोरियाले तेललगायतका सामग्री बिक्री गरेको रकम दिन इन्कार गरेको जनाएको छ । यो सँगै कोरिया इरान सम्बन्ध चिसिएको छ ।
इरानले ओमानको समुद्रबाट पानीजहाज नियन्त्रणमा लिएको बताइएको छ । इरानका सञ्चारमाध्यमले समुद्रमा कोरियाले प्रदुषण फैलाएको आरोप समेत लगाएका छन् ।
पक्राउ परेका चालक दलका सदस्य कोरिया, इन्डोनेसिया, भियतनाम र म्यानमारका नागरिक रहेको बताइएको छ । उक्त ट्यांकरलाई अहिले इरानको बान्डार अब्बास पोर्ट सिटीमा राखिएको जनाइएको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएअनुसार कोरियाली उपविदेश मन्त्रीको तेहरान भ्रमण हुन लागेको बेलामा त्यस्तो घटना सार्वजनिक भएको छ ।
भ्रमणका क्रममा अमेरिकी प्रतिवन्धका कारण कोरियाली बैंकले फ्रिज गरेको इरानको ७ अर्ब डलर फुकुवा गर्नेबारे समेत छलफल हुने जानकारी प्राप्त भएको जनाइएको छ । कोरिया अमेरिकासँग कुनै दुस्मनी मोल्न चाँहदैन । अमेरिकाबाट हुनसक्ने हानी नोक्सानीप्रति कोरिया अग्रिम सचेत छ । आजको कोरियाली भौतिक विकास अमेरिकाकै पैसाको कारण सम्भव भएको हो केही समयअघि इरानका एक नेतालाई अमेरिकाले मारेपछि इरान र अमेरिकाबीच दुस्मनीमा बृद्धि भएको थियो । अहिले कोरियालाई प्रयोग गरेर इरानसँग दुस्मनी बढाउन अमेरिका लागिपरेको एजेन्सीहरुले बताएका छन् । यो शक्ति संघर्षमा चीनले इरानलाई साथ दिइरहेको छ ।
प्रतिक्रिया