शुक्रबार, वैशाख ७, २०८१

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सहकार्य गर्ने सम्झौता

नेपालखोज २०७७ पुष २६ गते १५:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्‍याउँदै आएको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यो सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने विश्वास लिइएको छ ।

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पिओएस्, इकमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्य कार्यालय काठमाडौंस्थित बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया