देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा छु : पूर्वराजा ज्ञानेन्द्र
नेपालखोज
२०७७ पुष २७ गते १०:४४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । आइतबार २९९ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चिन्ता ब्यक्त गरेका हुन् ।
‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ’, शाहले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’

सम्बन्धित
प्रतिक्रिया