बिहीबार, चैत ६, २०८१

सुनको मूल्य आज पनि ८ सयले घट्यो

नेपालखोज २०७७ पुष २७ गते ११:५३

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

गएको शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

प्रतिक्रिया