बिहीबार, माघ १०, २०८१

भायानेटको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुंच राख्ने ह्याकर पक्राउ

नेपालखोज २०७७ पुष २७ गते १३:११

रुपन्देही । भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने करिब १८ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

उक्त सेवा प्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटरलगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ती किशोरलाई बुटवलबाट पक्राउ गरेको हो ।

ती किशोरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डललगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको र उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया