सोमबार, मंसिर १७, २०८१

दुबईकी राजकुमारी बन्धक प्रकरणमा राष्ट्रसंघले राजामाथि पनि छानबिन गर्न सक्ने

नेपालखोज २०७७ फागुन ६ गते १४:१७


एजेन्सी । दुबईकी राजकुमारी लतिफा अल मकतुनलाई बन्धक बनाएको सम्बन्धमा संयुक्त राष्ट्रसंघले चासोे लिएको छ ।

राष्ट्रसंघले संयुक्त अरब इमिरेट्स युएई का अधिकारीसँग विज्ञप्ति मार्फत प्रश्न गरेको हो । दुबईकी राजकुमारी लतिफाले आफूलाई आफ्नै बुबाले बन्धक बनाएको आरोप लगाएकी छिन् ।

एक भिडियो मार्फत उनले आफू बन्धक भएको आरोप लागाएकी हुन् । त्यसपछि यो खबर समाचार माध्यमहरुमा छाएको हो ।

राजकुमारीको सम्बन्धमा राष्ट्रसंघले प्रश्न गर्ने र आवश्यक परेको खण्डमा खोज गर्ने सम्मको चेतावनी दुवईलाई दिएको छ ।

प्रतिक्रिया