कोरोना अपडेट : थप १० संक्रमितको मृत्यु, ५ सय २७ जना डिस्चार्ज
नेपालखोज
२०७७ पुष २७ गते १६:२६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण आज थप १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पीसीआर गरिएकामध्ये चार सय ८८ जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा आजसम्म कुल संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच सय २७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार ९ सय ६८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २३७ जना छन् भने ४ हजार ३ सय ७३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया