शनिबार, माघ १२, २०८१

आजको मौसमः तराईमा हुस्सु, फाट्टफुट्ट पानी पर्ने सम्भावना

नेपालखोज २०७७ पुष २८ गते ८:१५

काठमाडाैं । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस भएको छ । हिजो न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस रहेको काठमाडाैंको न्यूनतम तापक्रम आज बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकाे छ ।

Advertisement

त्यस्तै आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहे पनि तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । आज राति प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया