बिहीबार, चैत ६, २०८१

भक्तपुरमा मोटरसाइकल चोरी तथा बिक्री वितरण गरेको अभियोगमा तीन जना पक्राउ

नेपालखोज २०७७ पुष २८ गते १४:०५

भक्तपुर । भक्तपुरमा मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वरर गाउँपालिका -५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका -१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई नगरपालिका-६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन् ।

Advertisement

गत शुक्रबार सूर्यविनायक नगरपालिका -१ सिरुटारमा राजन सवार बा. ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हुँदा राजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा बा. ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो, परिसरले भनेको छ ।

उक्त नम्बरको मोटरसाइकलहरु महानगरीय प्रहरी वृत्त नयाँबानेश्वोर काठमाडौंको एरियाबाट चोरी गरेको भन्ने खुल्न आएकोले उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वनर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया