कोरोना अपडेट : २४ घण्टामा थपिए ४३० संक्रमित, ३९० जना डिस्चार्ज
नेपालखोज
२०७७ पुष २८ गते १७:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार तीन सयजनाको पीसीआर गरिएकामध्ये ४३० जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३९० जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५९ हजार ३ सय ५८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २३७ जना छन् भने चार हजार चार सय आठजना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया