शनिबार, माघ १२, २०८१

आजको मौसमः प्रदेश–१ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७७ पुष २९ गते ९:०२

काठमाडौं । काठमाडौंको आज विहानको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएकाे छ । आज काठमाडौंकाे अधिकतम तापक्रम १८–१९ डिग्री सेल्सियसकाे हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

काठमाडौंमा आज विहान हुस्सु र कुहिरो लागेको छ । आकाशमा पनि बादल लागेको छ ।

त्यस्तै अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भू–भागमा तापक्रममा गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी ठाउँहरुमा मौसम सफा रहने छ ।

प्रतिक्रिया