मंगलबार, माघ १, २०८१

शीर्ष स्थानमा म्यानचेष्टर युनाइटेड

नेपालखोज २०७७ पुष २९ गते ११:३६

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड क्लब पुगेको छ ।

Advertisement

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गर्दै सो स्थान पक्का गरेको हो । रात अबेर अबे मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरेर टिमलाई जित दिलाएका थिए । गोलका लागि मार्कस राशफोर्डले पास दिएका थिए ।

सो जितपछि शीर्ष स्थानमा पुगेको युनाइटेडको १७ खेलबाट ३६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक भएको छ ।

प्रतिक्रिया