शुक्रबार, चैत १६, २०८०

म्यानचेस्टर युनाइटेड र एभर्टनको जित

नेपालखोज २०७७ पुष २९ गते १३:३१

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ । टर्फ मोरमा भएको खेलमा युनाइटेडले घरेलु टोली बर्नलीमाथि १ ० को संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पाउल पोग्बाले युनाइटेडको जितका लागि निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेमा मार्कस रासफोर्डको पासमा गोल गरेका हुन् ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा एभर्टनले वुल्भरह्याम्टनलाई हराएको छ। घरेलु टोली वुल्भ्सलाई २-१ गोलअन्तरले हराउँदै एभर्टन चौथो स्थानमा पुगेको हो ।

गएरातिको जितसँगै म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा पुगेको छ । युनाइटेडले १७ खेलबाट ३६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ३३ अंक जोडेको छ। त्यस्तै तेस्रो र चौथो स्थानमा रहेका लेस्टर सिटी र एभर्टनको समान ३२ अंक छ ।

प्रतिक्रिया