हतियारसहित एक व्यक्ति पक्राउ

काठमाडौं । नेपाली सेनाले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सेनाले बुधबार विज्ञप्ति जारी गर्दे शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गतको त्रिपुरा सुन्दरी नगरपालिका-११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको हो ।
निकुञ्ज कर्मचारीसहितको पट्रोलीङ् गरीरहेको सेनाको टोलीले पुस २७ गते सोही नगरपालिका ६ बस्ने ५३ वर्षका लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ । सेनाले उनको साथबाट भरुवा बन्दुक थान १, ऐ. मा लाग्ने गोली थान १९, ऐ. मा लाग्ने छर्रा थान १, ऐ. को केप थान १, बारुद डब्वा थान १, शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु समेत बरामत गरिएको छ । बरामत गरिएका सामग्रीसहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जानाएको छ ।
प्रतिक्रिया