कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न
नेपालखोज
२०७७ पुष २९ गते १४:३४
काठमाडौं । कृषि बिकास बैंकको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा आज भर्चुअल माध्यमबाट बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधरण सभाले बैंकका करिव तीन लाखको शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत शुन्य दसमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पास गरेको छ ।
भर्चुुअल माध्यमको बैठकमा शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको थियो । उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । साधारण सभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया