ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास

वासिङ्टन । अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पास गरेको छ ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पास भएको हो । गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोप लगाइएको छ ।
डेमोक्र्याटहरूले संसदमा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो । तर, उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसदमा मतदान भएको हो । ट्रम्पलाई हटाउनुपर्छ भन्ने प्रस्तावमा २२३ जना सांसदले मतदान गरेका थिए । त्यस्तै विपक्षमा २०५ मत परेको थियो । ट्रम्पलाई २५औं संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक सांसदको पनि मत आएको थियो ।
डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा शुरु गरिसकेका छन् ।
प्रतिक्रिया