आइतबार, असार २९, २०८२

देउवालाई फकाउँदै प्रचण्ड–नेपाल

नेपालखोज २०७७ माघ १ गते १०:१६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले काँग्रेस सभापति देउवालाई भेटेर सो प्रस्ताव गरेका हुन् ।

प्रचण्ड र नेपालसँग गएको बुधबार भेटवार्ता भएको काँग्रेस सभापति देउवाको सचिवालयले पुष्टि गरेको छ ।

भेटमा प्रचण्ड–नेपालले देउवालाई संसद् विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको पक्षमा लाग्नु पर्ने भन्दै त्यसका लागि सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।

तर, देउवाले भने विगतमा आफूले धोका पाएको भन्दै अहिलेको प्रस्तावबारे पार्टीमा छलफल गरेर अघि बढ्ने बताएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि आगामी वैशाख १७, २७ गतेका लागि चुनावको मिति तय गरेकी छन् ।
त्यसपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाज भयो र प्रचण्ड–नेपाल समूह सडक आन्दोलमा होमिएको छ ।

प्रतिक्रिया