शुक्रबार, चैत १६, २०८०

आनीको स्रोत नखुलेको कालो धन ! कहाँ पुग्यो अनुसन्धान ?

आशा साह २०७७ माघ १ गते १३:०८

काठमाडौं । नेपालको साङ्गीतिक क्षेत्रको चर्चित नामहरु मध्ये एक नाम हो, आनी छोइङ डोल्मा । ‘फूलको आँखामा फूलै संसार’ गीतबाट आनी निकै चर्चित भइन् । तर, पछिल्लो समय उनको गीतहरु निकै कम आउने गरेका छन् । याता भनै आनी छोइङ डोल्मा यतीखेर गुमनाम नै भएकी छन् ।

प्रायजसो चर्चामा रहने आनी अहिले कहाँ छन्, के गर्दै छन्, कुन अवस्थामा छन् प्रायः कसैलाई थाहाँ छैन । अर्थात् न त समाजसेवामार्फत सार्वजनिक रुपमै चर्चामा छन्, न त साङ्गीतिक क्षेत्रमै ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट जनमानसको मन मुटुमा बस्न सफल भएकी आनी किन एकाएक गुमनान भइन् त ? सबैका लागि चासो र चर्चाको विषय बनेको छ ।

आनी सामान्य व्यक्तिको जिवनभन्दा फरक खालका हुन्छन् । आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउदै नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी आनी ‘फूलको आँखामा फूलै संसार’ गीत गाएर सबैको मन त लोभ्याइन नै चर्चाको शिखरमा पनि चुमिन् । त्यससँगै सामाजिक क्षेत्रमा पनि सहयोगी हातहरु फैलाएकी आनी अहिले एकाएक गुमनाम छन् ।

आनीको यात्रा
सानो उमेरमै आफ्नै बाबुबाट शारीरिक शोषण र हिंसा सहन बाध्य भएकी आनी सन् १९७१ मा काठमाडौंमा जन्मिएकी थिइन् ।

एक तिब्बती शरणार्थी परिवारमा जन्मेकी आनी पटक–पटक बाबुबाटै शारीरिक शोषण हुन थालेपछि १३ वर्षकै उमेरदेखि नागी गुम्बामा बस्न थालेको स्वयम् बताउछिन् ।

बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका आनीले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरुलाई पढाउँछिन् ।

‘सूचनाको हकले नै अनुसन्धानको विषय गोप्य राख्नुपर्ने बताएको छ । थाहाँ पाएको सूचना पनि भन्नु भएन । यसले अनुसन्धानलाई प्रभाव पार्छ,’ प्रवक्ता आचार्यले भने–‘मुद्दा अदालत गएको पनि छैन सफाइ पनि पाएका छैन । हामीलाई बीचको थाहाँ हुँदैन ।’

बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए । यससँगै आनीको साङ्गीतिक आकाशमा प्रवेश गरेकी हुन् ।

त्यसोत आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएपछि उनी विवादमा तानिइन् ।

आनीको स्रोत नखुलेको कालो धन !
आनीले हङकङबाट स्रोत नखुलाई १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएकी थिइन् । यति धेरै सम्पत्ति नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान गर्न शुरु भएको थियो । यसपछि एकपटक फेरी सबैका आँखा आनी तिर सोझिए ।

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान शुरु भयो ।

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई उनले करिब २० करोड रुपैयाँ नेपाल भित्र्याएकी थिइन् । पछि फेरी १८ करोड रकम नेपाल भित्र्याउन खोजेपछि राष्ट्र बैंकले उनको खाता रोकेको थियो । आनीको बैंक खाता तीनपटक रोक्का समेत भएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्यो । त्यस आधारमा उनीमाथि अनुसन्धान शुरु गरियो । तर, दुई वर्ष वितिसक्दा पनि विस्तृत अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

अनुसन्धान हुने क्रममा रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी थिइन् ।
विदेशबाट नेपाल रकम भित्र्याउँदा अनुमति लिनुपर्ने निकायलाई जानकारी नदिई आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको थियो ।

२०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको थियो । हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८) रुपैयाँ जम्मा गरेका थिए ।

त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८) रुपैयाँ जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० अर्थात् ५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ जम्मा भयो ।

अनुमति नलिई विदेशबाट निरन्तर रकम आउन थालेपछि आनीको खाता रहेको मेगा बैंकले स्रोत खुलाउन भनेको थियो । तर, आनीले स्रोत नखुलाएपछि मेगाले राष्ट्र बैंकको सम्पत्ति शुद्धिकरणबारे अनुसन्धान गर्न निकाय वित्तीय जानकारी एकालाई खाता विवरण पठाएको थियो ।

राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले केही अध्ययन गरेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्यो । त्यस आधारमा उनीमाथि अनुसन्धान शुरु गरियो । तर, दुई वर्ष वितिसक्दा पनि विस्तृत अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

विभागले एकपटक आनीसँग बयान समेत लिएको थियो । तर, प्रधानमन्त्री सचिवालयले बैंकमा रोक्का रहेका रकम खुला गरिदिन दवाव दिएको समाचार पनि बाहिरिएको थियो । अनुसन्धान अधिकृतहरूले अनुसन्धान थाती राखे पनि रोक्का रकम खोल्न नमिल्ने जानकारी दिएका थिए । यही कारण तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौलाको सरुवा भयो ।

यद्यपी, यिनै विषयमा अनुसन्धान कहाँ पुग्यो भनेर नेपालखोजले नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं सूचना अधिकारी डा. गुणकर भट्टसँग बुझ्दा अनुसन्धानको विषय भएको हुँदा जानकारी दिन नमिल्ने र सम्बन्धित निकायमै सम्पर्क गर्नुपर्ने बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धनका कुरा गोप्य हुने बताए । विभागका प्रवक्ता एवं सूचना अधिकारी सुशील प्रसाद आचार्यले यसबारे आफूलाई थाहाँ नहुने बताए । उनले अनुसन्धानका विषय अधिकृतलाई थाहाँ हुने वा गोप्य हुने बताए ।

मुद्दा जाने भएपछि आफूहरुलाई थाहाँ हुने बताउँदै प्रवक्ता आचार्याले भने–‘प्रक्रिया टुंगिएको चाहि छौ । टुंगिएपछि हामीलाई थाहाँ हुन्छ । यसबारे हामीलाई खुलासा नै गर्दैनन् । तर, हामीले थाहाँ पाएपनि भन्न मिल्दैन ।’

‘सूचनाको हकले नै अनुसन्धानको विषय गोप्य राख्नुपर्ने बताएको छ । थाहाँ पाएको सूचना पनि भन्नु भएन । यसले अनुसन्धानलाई प्रभाव पार्छ,’ प्रवक्ता आचार्यले भने–‘मुद्दा अदालत गएको पनि छैन सफाइ पनि पाएका छैन । हामीलाई बीचको थाहाँ हुँदैन ।’

प्रतिक्रिया