मंगलबार, चैत ११, २०८१

प्रचण्डजी पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ : महेश बस्नेत

नेपालखोज २०७७ माघ १ गते १४:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता महेश बस्नेतले प्रचण्ड–नेपाल समूहले सूर्य चिह्न दाबी गर्नु हास्यास्पद भएको बताएका छन् ।

Advertisement

विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न दाबी गर्नु हास्यास्पद भएको बताएका हुन् ।

‘उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ,’ बस्नेतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार नै संसद् विघटन गरेको जिकिर गर्दै बस्नेतले लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने धारणा राखे ।

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने बस्नेतको जिकिर छ । उनले पार्टीले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा अघि सार्नुपर्ने बताए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि दुई पक्षमा विभाजित भएको नेकपाले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आइरहेको छ ।

प्रतिक्रिया