शुक्रबार, वैशाख ७, २०८१

६ महिनामा ४ खर्ब २२ अर्ब राजस्व सङ्कलन

नेपालखोज २०७७ माघ १ गते १५:२२

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । सरकारी आय-व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म चार खर्ब २२ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यो कुल लक्ष्यको ४१ दशमलव ७३ प्रतिशत हो । चालु आर्थिक वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । विगतका वर्षमा जस्तै विकास खर्च पनि निराशाजनक नै देखिएको छ । ६ महिनामा जम्मा ५० अर्ब ८१ करोड रुपैयाँ अर्थात् १४ दशमलव ४० प्रतिशत मात्रै विकास खर्च भएको हो । यो वर्ष सरकारले तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्चको लक्ष्य राखेको छ ।

चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनामा तीन खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको ३६ दशमलव शून्य ८ प्रतिशत हो । समग्रमा यो आर्थिक वर्षको ६ महिनामा २८ दशमलव १९ प्रतिशत बजेट खर्च भएको छ ।

प्रतिक्रिया