शुक्रबार, वैशाख १४, २०८१

प्रदेश-१ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुग्यो

नेपालखोज २०७७ माघ १ गते १९:३८

विराटनगर । प्रदेश नम्बर–१ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश–१ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश–१ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुगेको छ ।

प्रदेश–१ मा बिहीबार १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३८४ पुगेको छ ।

प्रदेश–१ मा बिहीबार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३ महिला र १३ पुरुष रहेका छन् । हालसम्म २ लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया