शुक्रबार, वैशाख २८, २०८१

एकथान पेस्तोलसहित पक्राउ

नेपालखोज २०७८ असोज ३१ गते ११:५१

सर्लाही । प्रहरीले सर्लाहीको बलरा नगरपालिका ३, लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई एकथान पेस्तोल र एकथान म्याग्जिनसहित पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमामा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवनितले विनयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवनितलाई उक्त हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया