बुधबार, वैशाख १२, २०८१

जाडो मौसममा अदुवा चिया पिउनुका यस्ता छन् फाइदा

नेपालखोज २०७७ माघ २ गते १२:१२

एजेन्सी । जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै विहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । चिकित्सकका अनुसार जुनसुकै मौसममा पनि अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

यात्रामा जानुभन्दा अघि अदुवा–चिया खादा बान्ता हुनबाट बचाउँछ । यस्तै, शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ ।

अदुवा–चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ भने रक्तसञ्चारमा समेत सहयोग पुर्‍याउँछ ।

अदुवा–चिया सेवनका अन्य फाइदा यस प्रकार छन् :

पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

प्रतिक्रिया