शुक्रबार, जेठ ४, २०८१

श्रीलंकाले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबर खोप सहयोग गर्ने

नेपालखोज २०७९ असोज २८ गते १५:१०

कोलम्बो । श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ । स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार पत्रकारहरुलाई बताएका छन् ।

उनले श्रीलङ्कासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताएका छन् । मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताएका छन् । श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोपहरू पुर्याउन विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेका रामबुक्वेलाले बताएका हुन् ।

प्रतिक्रिया