‘नेपाल–भारत सम्बन्ध थप बलियो बनाउँदै लैजानुपर्छ’

नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस जयंशकरले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।
शुक्रबारबाट शुरु भएको नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकलाई सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरेका छन् ।
शुक्रबार मध्याह्न १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा बैठक शुरु भएको बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।
सम्बोधनका क्रममा जयशंकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यताको प्रशंसा गरेका थिए ।
त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए । नियमित सम्पर्क र सम्वाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत ज्ञवालीले बताएका थिए । त्यसैगरी उनले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र सम्वादले दुई देशको सम्बन्धलाई गतिशीलताको नयाँ आयाम थपेको समेत बताए ।
बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ ।
नेपाली पक्षले भने बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ ।

प्रतिक्रिया