बिहीबार, वैशाख १३, २०८१

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्ब रुपैयाँको साधारण सेयर बिक्री खुल्ला

नेपालखोज २०७७ माघ २ गते १६:२४

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आजबाट आठ अर्ब रुपैैयाँको साधारण सेयरको बिक्री खुल्ला गरेको छ । बैंकले नेपालको पूँजीबजारको इतिहासमै सबै भन्दा ठूलोे रकम आठ अर्ब रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

बैकको सेयर निष्काशक एवं बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । जम्मा २० अर्व चुक्ता पूंजी रहेको बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । हाल पुँजीबजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तिय संस्था जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो । बैकले जारी गर्न लागेको कुल साधारण सेयर मध्येमा शुन्य दशमलव दुई प्रतिशत अर्थात १६ लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री हुने छ ।

धिकृत पुंजी ४० अर्ब तथा जारी पुंजी २० अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्ता पुंजी १२ अर्ब रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने बैंकको चुक्ता पुंजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया