बिहीबार, चैत १५, २०८०

५१ अंकले बढ्दा दुई अर्ब २० करोड रुपैंयाँ भन्दा बढीको सेयर किनबेच

नेपालखोज २०८० जेठ ९ गते १५:२६

काठमाडौं । नेप्से उछाल देखिएको छ । अघिल्लो दिन आठ दशमलव १० अङ्कले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मङ्गलवार ५१ दशमलव ३१ अङ्कले उकालो लागेर १९ सय ४२ दशमलव ४३ अङ्कमा चढेको छ ।

यसै गरी क बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८५ अङ्कले बढेर तीन सय ६७ दशमलव ७४ अङ्कमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरूको ३८ हजार सात सय ९६ पटक सेयर किनबेच भएको छ । जसबाट ६० लाख ६७ हजार चार सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ रुपैयाँ ८७ पैसा पुगेको छ ।

नेप्सेमा अज १३ वटा समूहहरूको कारोबार भएकोमा १३ वटै समूहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक २१ दशमलव १० अङ्कले बढेर १२ सय ४३ दशमलव ९४ अङ्कमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ८२ दशमलव ८६ अङ्कले बढेर ३५ सय ९२ दशमलव ७२ अङ्कमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि ४९ दशमलव ३५ अङ्कले बढेर १६ सय ४६ दशमलव १० अङ्कमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ६४ दशमलव ८४ अङ्कले बढेर २४ सय ३६ दशमलव नौ अङ्कमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि तीन सय ६५ दशमलव ३४ अङ्कले बढेर नौ हजार नौ सय ८२ दशमलव ५७ अङ्कमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ५५ दशमलव २१ अङ्कले बढेर नौ हजार चार सय ३७ दशमलव शून्य दुई अङ्कमा पुगेको छ ।

यी बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज कालिका लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर छ सय ७१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज फष्र्ट म्युचअल फण्डको प्रतियुनिट सेयर मूल्य दुई प्रतिशतले घटेर १० रुपैयाँ २९ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता चार सय ३६ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा १० करोड पाँच लाख १५ हजार चार सय ३९ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया