शनिबार, वैशाख १३, २०८२

नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.७ प्रतिशत

नेपालखोज २०७७ माघ २ गते १६:३५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण आज थप ५ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गरिएकामध्ये २७० जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९० जना डिस्चार्ज भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । नेपालमा निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत छ । हालसम्म क्वान्टिनमा २३१ जना छन् भने ४ हजार ३०१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया