शुक्रबार, चैत १६, २०८०

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख बढी

नेपालखोज २०७७ माघ ३ गते ७:०६

एजेन्सी । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाका कारण २० लाख ६ हजार ५ सयभन्दा धेरै मानिसको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।
त्यस्तै विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार ५ सय पुगेको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजारभन्दा धेरै पुग्दा तीन लाख ९१ हजार ५ सयभन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख २७ हजारभन्दा बढि र मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ९ सयभन्दा धेरै छ ।

कोभिड–१९ बाट ब्राजिलमा दुई लाख ८ हजार, रुसमा ६३ हजार पाँच सय, बेलायतमा ८७ हजार चार सय, फ्रान्समा ७० हजार, टर्कीमा २३ हजार ६ सय, इटालीमा ८१ हजार तीन सय, स्पेनमा ५३ हजार तीन सय, जर्मनीमा ४५ हजार सात सय, कोलम्बियामा ४७ हजार ८ सय, अर्जेन्टिनामा ४५ हजार दुई सय, मेक्सिकोमा एक लाख ३७ हजार ९ सय तथा पोल्याण्डमा ३२ हजार ८ सयभन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले छ ।

प्रतिक्रिया