मंगलबार, वैशाख ४, २०८१

इन्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प, ४२ जनाको मृत्यु

नेपालखोज २०७७ माघ ३ गते ७:१८

एजेन्सी । इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ भने ४२ जनाको ज्यान गएको पृष्टि भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प जाँदा ४२ जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएका छन् ।

इन्डोनेशियाको सुवावेसी आइल्याण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । भग्नावशेषमा पुरिएका वा फसेकाहरुको खोजी तथा उद्धारको काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँको सञ्चारमाध्यमहरुले जनाइएको छ ।

भूकम्पमा परी हजारौँ मानिस विस्थापित भएका छन् ।

इन्डोनेशियामा भूकम्प तथा त्यसका कारण आउने सुनामीले मानवीय तथा भौतिक क्षति गर्ने गरेको छ ।

प्रतिक्रिया