शुक्रबार, वैशाख १४, २०८१

आरिफको अर्धसतकिय पारीमा प्रदेश नम्बर एकलाई २४४ रनको लक्ष्य

नेपालखोज २०७७ माघ ३ गते १३:०५

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बिभागिय टोली एपिएफ क्लबले प्रदेश नम्बर एकलाई २४४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउदै ४८ ओभर ४ बलमा २४३ रन बनायो ।

एपिएफका लागि ओपनर आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । अर्धसतक प्रहार गर्ने क्रममा ५९ रन बनाएका उनले ६ चौका र ५ छक्का प्रहार गरे । उक्त क्रममा उनले मात्र ३२ बलको सामना गरे ।

एपिएफका अन्य खेलाडीहरुमा कप्तान शरद भेषवाकरले २० रन बनाउदा अर्का ओपनर सुबाष खकुरेलले १९ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गर्न बलर बसन्त रेग्मीले पनि उत्कृष्ट ब्याटिङ गरे । ४० रन बनाएर आउट भएका उनले ५२ बलको सामना गर्ने क्रममा ४ चौका र २ छक्का प्रहार गरेका थिए । छैठौं नम्बर ब्याटिङ गर्न सन्दीप जोराले पनि एपिएफको ईनिङ उकास्न सहयोग पुर्याए । ३९ बलको सामना गरेका उनले ३० रन बनाए । उक्त क्रममा उनले चार चौका प्रहार गरे ।

बलिङमा प्रदेश नम्बर एकका लागि फिरदोस अन्सारी, दिपेश कँडेल, श्रवन यादव र हेमन्त राईले समान दुई दुई विकेट लिदा सोनु मण्डल र जोसफ खडकाले एक एक विकेट लिए । रनको लक्ष्य पाएको प्रदेश नम्बर एकले अब केही बेरमा ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया