आइतबार, जेठ ६, २०८१

अस्ट्रेलियालाई दक्षिण अफ्रिकाकाे २१३ रनको लक्ष्य 

नेपालखोज २०८० कार्तिक ३० गते १९:१९

काठमाडाैं । आईसीसी विश्वकप एक दिवसीय क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरको २ बल बाँकी हुँदा सबै विकेट गुमाएर २१२ रन मात्रै बनायो ।

बिहीबार कोलकातास्थित इडेन गार्डेनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनायो ।

दक्षिण अफ्रिकाका डेविड मिलरले १०१ रन बनाए । उनले ११६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । ४–२४ को कठिन अवस्थामा रहँदा मिलरले हेनरिक क्लासेनसँग ९५ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ उकासेका थिए ।

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको विजेताले उपाधिका लागि आइतबार भारतसँग खेल्ने छ ।

प्रतिक्रिया