बिहीबार, वैशाख १३, २०८१

प्रचण्डलाई ओलीको जवाफ : दुनियाँलाई नहँसाएर रुवाउँदै हिँडू ?

नेपालखोज २०७७ माघ ३ गते १५:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभा सम्मेलनमा ओलीले आफूलाई जोकर भन्ने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्याग्यात्मक जवाफ दिएका छन् ।
शनिबार काठमाडौंको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा आयोजितमा प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छे नहँसाएर रुवाउँदै हिँडु त भन्ने प्रश्न गरे।

‘उहाँहरुलाई बढा चिन्ता लागेछ, दुःख लागेछ, केपी ओली मान्छे हसाउँछ, मान्छे हँसाएर हिँड्छ’, ओलीले भने, ‘अनि के म मान्छे मार्दै, विधवा बनाउँदै, टुहुरा टुहुरी बनाउँदै दुनियाँलाई रुवाउँदै हिँडु त ?’

प्रतिक्रिया