शुक्रबार, वैशाख १४, २०८१

बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई साँचो हस्तान्तरण

नेपालखोज २०७७ माघ ३ गते १६:१४

काठमाडौं । हन्सराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेको छ । मोटरसाईकलको आधिकारिक विक्रेता हन्सराज हुलास चन्दले एक विशेष समारोहबिच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेको हो ।

माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा एक समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका हुुन ।

समारोहमा डोमिनार डेस्टिनेशनबारे समेत जानकारी दिइएको थियो । डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न ईच्छुक ग्राहकहरुले अनलाइन फर्म भरि टेकुको बजाज शोरुममा बुझाउनु पर्नेछ । लक्की ड्रबाट छानिएका ग्राहकहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया