मंगलबार, माघ १, २०८१

नेपालकै लामो झोलुङ्गे पुल उद्घाटन

नेपालखोज २०७७ माघ ३ गते १६:५९

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालकै लामो झोलुंगेपुल उद्घाटन गरेका छन्।

Advertisement

शनिबार बागलुङ नगरपालिकाको बाङ्गे चउरमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले पुल उद्घाटन गरेका हुन्। ५ सय ६७ मीटर लामो यो झोलुंगेपुलले पर्वतसँग जोड्छ।पर्वतको पाङसँग जोडिएको यो पुलले दुई जिल्लाका बासिन्दालाई वारपार गर्न सहज बनाएको छ। साथै पर्यटन प्रवर्द्धनका लागि पनि यो पुल उपयोगी भएको छ।

पुल उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले जनताको विश्वासमाथि घात गर्न नमिल्ने बताएका छन्। उनले जनताले कम्युनिष्टपार्टीलाई दिएको विश्वासको संरक्षणमा लाग्नुपर्नेसमेत बताए। अदालतबाट जस्तोसुकै निर्णय आएपनि राजनीतिक नेतृत्वले स्विकारेर जानुपर्ने धारणा राखे। उनले अदालतको निर्णय नआउँदै आफ्नो निर्णय सुनाउने काम ठिक नभएको समेत बताए।
लकडाउनका कारण पुल उद्घाटन हुन सकेको थिएन ।

प्रतिक्रिया