बुधबार, वैशाख १२, २०८१

न्याय पाउन नसकेको गुनासो

नेपालखोज २०७७ माघ ३ गते १९:४६

लमजुङ। सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो ।

कार्यक्रममा स्व अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताए । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उनको भनाइ थियो ।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भएपनि आयोगले न्याय दिन नसकेको उनको गुनासो छ । पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहेका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो ।

प्रतिक्रिया