शनिबार, माघ १२, २०८१

२०२१ मा कोरोना भाइरस थप कठीन हुने डब्ल्यूएचओकाे चेतावनी

नेपालखोज २०७७ माघ ४ गते ११:५१

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकारको कोरोना भाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठीन हुने चेतावनी दिएको छ । कोरोनाको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै संक्रमक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो ।

Advertisement

ब्रिटेनमा देखा परेको उच्च संक्रमण क्षमताको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ संक्रमणबाट ब्रिटेनमा दैनिक मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ ।

बिबिसीले जनाए अनुसार नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण ठानिएको छ ।

यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ ।

प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा संक्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।

विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको छ ।

प्रतिक्रिया