बिहीबार, वैशाख १३, २०८१

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितल निवासमा

नेपालखोज २०७७ माघ ४ गते १४:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।

प्रतिक्रिया